स्वदेश र बिदेशबाट आउने नगरबासी अब छुट्टाछुट्टै बस्नुहुन्छ-नगरप्रमुख केसी



टेकबहादुर पुन

दाङ्ग । लमही नगरपालिकाले स्वदेश तथा बिदेशबाट घर फर्कने आफ्ना नगरबासीलाई छुट्टाछुट्टै क्वारेनटाईनमा राख्ने भएको छ ।

नगरका प्रत्यक वडाहरुमा कम्तीमा २ वटा सामुदायिक विद्यालयलाई क्वारेन्टाइन निर्माण गरी छुट्टाछुट्टै स्थानमा राख्ने निर्णय गरिएको नगरप्रमुख कुलबहादुर केसीले जानकारी दिए । स्वदेश र बिदेशबाट आउने नागरिकलाई एकै ठाउँमा राख्दा झन कोरोना सँक्रमण बढ्ने स्थिति देखिन थालेपछी छुट्टाछुट्टै स्थानमा राख्ने निर्णय गरिएको केसीले बताए । बिहिवार लमही नगरपालिका नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरसका संकास्पद व्यक्तीहरुको स्वाब संकलन गरिसकेपछि सुरक्षित तरीकाले प्रयोगशाला सम्म पुर्याउने मिडिया (भाइरल ट्रान्सपोट मिडियम) खरिद गर्ने निर्णय पनि गरेको छ ।
साथै वडा नम्बर ५ अन्तरगत अर्जुनखोला सिँचाई आयोजनाको नहरमा भएको नदीजन्य पदार्थ मापदण्ड अनुसार उत्खनन् गरी घाटगद्दी गर्ने र नहर खोल्ने निर्णय गरेको लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले जानकारी दिए ।
यस्तै बैठकले राप्ती सनराइज एग्रीकल्चर रिसर्च सेन्टरले वितरण गरेको गरिमा धानको विउबाट उत्पादनमा ह्रास आएको गुणासो बढेपछी किसानको मागलाई मध्यनगर गर्दै आवश्यता अनुसार प्रक्रिया अगाडी बढाउने निर्णय पनि भएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्