अर्घाखाँचीका दलितअघिकारकर्मीद्धारा घटनाको निष्पक्ष छानविनको माग गदै प्रधानमन्त्रीलाई ज्ञापन पत्र



अनिल नेपाली
अर्घाखाँची १५ जेठ
अर्घाखाँचीमा रहेका दलित अघिकारकमीहरुले अन्तरजातीय विवाहको विषयलाई लिएर गत जेष्ठ १० शनिबार पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं . ८ सोती निवासी सुस्मा मल्ल र भेरीगंगा नगरपालिका वडा नं . ४ रानागाँउ जाजरकोटका नवराज वि.क बीच लामो समयको प्रेम सम्बन्ध पछि जेठ १० गते रुकुम पश्चिममा भएको घटना प्रति दुःख व्यक्त गरेका छन् २१ औं शताब्दीमा पनि जातिय बिभेद गरि ज्यानै लिने गरि भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न आग्रह गदै प्रमुख जिल्ला अघिकारी विजयराज पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको अघिकारकर्मीे विष्णु परियारले बताउनुभएको छ । ज्ञापन पत्रमा अन्तरजातीय विवाहको विषयलाई लिएर भएको अमानवीय घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सूक्ष्म र निष्पक्ष छानविन गरी घटनामा संलग्न प्रत्येकलाई कानूनी दायरामा ल्याई कारवाही गर्न सरकारलाई आग्रह गरिएको छ । जातीय विभेदको पराकाष्ठाका रुपमा देखिएको घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा लोकेन्द्र सुनारको हत्या तथा अन्य २ जनाको स्थिति अज्ञात रहेको प्रति अघिकारकर्मीले गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरेका छन् । जनताको धेरै ठूलो सघर्षपघि देशमा लोकतन्त्र र गणतन्त्र आए पनि जनताले न्यायपूर्ण, भेदभाव रहित र समावेशी समाजको परिकल्पना गर्न नसक्नु दुखद भएको बताउदै दोषीलाई कडा भन्दा कडा कार्यबाही गनुपर्ने अघिकारकर्मी राधा नेपालीको भनाई रहेको छ । ज्ञापन बुझै प्रमुख जिल्ला अघिकारी पौडेलले आजकोे २१ औ शताब्दीको युगमा पनि मानिस मानिसको बीचमा भएको भेदभाब हुनु दुखद भएको बताउदै दोषी उम्कन्न नपाउने अघिकारकर्मीका माग प्रति आफु सहमत रहेको बताउनुभएको थियो ज्ञापन पत्रमा पिडित पक्षका माग लाई राज्यलाई उचित क्षतिपुर्ति दिनुपर्ने सयौ बर्षदेखि उत्पीडिनको शिकार बन्दै आएका दलित समुदायको पक्षमा राज्यले सविधानमा अघिकारको. व्यबस्था गरे पनि व्यबहारमा लागु गर्न नसक्दा दलित समुदाय झन् पछि झन् पिडित बन्दै गएको अघिकारकमीै राजेन्द्र नेपाली सन्जु नेपालीको भनाई रहेको छ । ज्ञापन पत्रमा दलित अघिकारकर्मी कुल बहादुर नेपाली कमल विक ठाकुर सौराग दिनेश सुनार मनिष हिताङ्ग प्रितम परियार सञ्चारकर्मी अनिल नेपाली रमेश विक बसन्त विक लगायतको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्