दाङमा ८ जना कोरोना जितेर घर फर्किए




काठमाण्ठौँ, जेठ १६
दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट ८ जना कोरोना जितेर आज घर फर्किएका छन् ।

अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार आज घर फर्कनेमा गढवाका १ जना, कपिलवस्तुका ४ जना र बाँकेका ३ जना रहेका छन् । संक्रमितहरुको २ पटकसम्म चेकजाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको हो ।

‘७ दिन र त्यसको ४८ घण्टापछि पनि चेकजाँच गर्दा नेगेटिभ आएपछि कोरोना संक्रमणबाट मुक्त भन्ने बुझिन्छ ’ वलीले भने । जसअनुसार आज दिउँसो डिस्चार्ज गरेको छौं ।’कोरोना अस्पतालमा ४५ जनाले उपचार गरिरहेकोमा अहिले ३७ जनाले उपचार गरिरहेका छन् ।

डिस्चार्ज हुने सबै जेठ २ गते अस्पतालमा आएका थिए । बुटवल कोरोना अपस्पतालबाट भने अहिलेसम्म ११ जना डिस्चार्ज भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्