रूकुम घटनाका दोषीहरूलाई हदै सम्मको कारवाही गर्न कार्यपालिका सदस्य छिनालको माग




ओमप्रकाश गुप्ता/सिसहनियाँ १६ जेठ
राप्ती गाउँपालिका गाउँ कार्यपालिका सदस्य संजिव छिनालले रूकुम पश्चिममा भएको घटनाका दोषी तथा हत्याराहरूलाई हदै सम्मको कारवाहीको माग गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरि कार्यपालिका सदस्य छिनालले यस्तो माग गरेका हुन् । उनले एक्काईसौ सताब्दीमा मानव कलंकको रुपमा रहेको जातभात, छुवाछुत, तल्लो माथिल्लो जात भन्नु अमानविय ब्यवहार र कानुनले बर्जित गरेको बताएका छन् ।

रुकुम पश्चिममा अन्तरजातीय विवाहको निहुँमा सुनियोजित ढंगबाट नवराज विक सहित ६ जनाको हत्या गरिएको खवरले हामी सबैलाई स्तब्ध बनाएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । यस्तो घटनाले हामी सबै विच आपसी सद्भाव विथोलेको र दलित तथा गैर दलित सबै समुदायलाई चिन्तीत बनाएको उनले बताएका छन् ।

दलितको नाममा हत्या भएकोे घट्नाको सत्यतथ्य छानवीन गरी हत्यारालाई हदैसम्मको कानूनी कार्वाहीको माग गर्दछु उनले विज्ञप्तिमा लेखेका छन् ।साथै उनले घटनामा बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारले तुरुन्त पहल गर्नुपर्ने बताएका छन् । घटनामा संलग्नको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा नपर्न पनि सुझाव दिएका छन् ।

आगामी दिनमा यस प्रकारको जातिय विभेदको कारण कसैको अपहेलना, कुटपीट तथा हत्या नहोस भन्ने समेत सबैमा अनुरोध गर्दछु । विज्ञप्तिमा उल्लेख गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्