वादी समुदायको प्रश्न ‘के हामी नागरिक हैनौ र?’



गिरिराज नेपाली
दाङ, २१ मंसिर । अह, बाबै क्याभन र …२०६४ सालैको चुनाउमा पनि जन्मदत्र्या÷नागडिक्ता नभयाउलाई अड्को आउन्या चुनाउमा जन्मदर्ता, नागडिक्ता संगै भोट खस्याल्न्याउ पत्र लिईन्दिछौ । झर्काे नमानी बस्नु भनि नेताउहरु जनुभ्याउ हो । मस्तै चुनाउ सकिग्याए केही हात प¥याउ छैन । नागडिक्ता भयाउले भोट दिन्यन होलान क्यार हामीले के भोट खस्याल्न्या होर बरा । 

गाउँघर शहर वजार चारैतिर चुनावी उत्साहले निकै छोपेका छ । तर आधार विहिन भई बाँचेको वादी समुदाय लाई नागरिकता पिरोलोले छोपेका छ । मुलुक स्थायित्व,समृद्धि, शान्ती र नागरिकको स्वायत्त अधिकारको कार्यन्वयन लागि आज नेपाली जनताले आफ्ना प्रतिनिधि आफै चुन्दैछन । तर त्यही मौका घोराही उपमहानगरपालिका १७ दुर्गाभवानी टोलका वादी समुदायका नागरिकहरुले भने पाएनन । आधारहिन रुपमा वाँचेका वादी यो पाली चुनावले अब नागरिकता बन्नेछ भने बोकेका ४७ वर्षिय सीता नेपाली वादीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ सवैले भन्य मत्रै हुन , दिन्या कोही हौइनन । ’

०६४ पछि तिन पटक निर्वाचन भए , तर उही ०६४ सालकै निर्वाचन आश्वासन फेरी फर्किएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘बाबै हामी पनि यही मुलुकका मुन्छे होईनौ र ? ’ हामी किन नेपाली नागरिकको अनुभुती गर्न सकेको छैनौ भन्दै उहाँले प्रश्न गर्नुभयो । सवैले भोट हाल्ने नेपाली नागरिकको परिचय पाउने आफुहरुले त्यो किन नपाउने भन्दै नेपालीले गुनासो समेत गर्नुभयो । नेपाली नागरिक हुँ भन्ने आफु भित्र रहे पनि राज्यले सरनार्थीको जीवन विताई रहनु परेको छ ।

‘हामडा लागि जो आए पनि उही कुडा मात्रै गन्र्याहुन । ’ हामडा मन कसैले बुझ्न्या होईन । नेपाली नागरिकको कुनै परिचय नपाउदा छोरा–छोरीको अवस्था पनि उस्तै र उही बनेको उहाँको भनाई छ । छोराछोरीलाई स्कुल भर्ना गर्दा पनि जन्मदर्ता खोज्छन । त्यो बनाउन नागरिकता छैन । नागरिकता नहुदा जन्मदर्ता बनेको छैन । त्यो नबन्दा छोराछोरी स्कुल भर्ना गर्न सकेको छैन । ‘अब क्यार गरी बनाम्ने हो ? ’

न घरवाँस छ । न नेपाली हु भन्ने आधार नै छ । बाँस पनि खोलाकै , गाँस पनि खोलाले नै धानेको छ । दिनभर गिट्टी कुटेर साँझ विहानको छाक टरेको छ । राम्रोघरमा बस्ने, छोराछोरी पढाउने र नागरिक पाउने सपना देख्छौ । तर विपनमा त्यो कहिले देखेका छैनौ भन्दै स्थानिय शशि नेपालीले वादीले बताउनुभयो ।

अरु परै जाओस् नागरिकता पाउछौ कि भनेर , सवैका पछि लाग्यौ , गाउँमै पनि नेताहरु आई भन्छन । बोलेर मात्रै नेताहरु जान्छन । लिएर कहिले आउदैनन । उहाँले भन्नुभयो– ‘गाउँका जान्नेबुझेहरुले नेता लाई भनेको छु , नेताले भनेका छन । नागरिक मिल्छ रे भन्छन । तर त्यो सुन्दैमा आधा जीवन वितिसक्यो । उहाँँले भन्नुभयो– ‘म नेपाली हु भनेर गर्भ गर्ने मेरो अधिकार लाई प्रयोग गर्ने हाम्रा पनि अधिकार लेखिएको होलान । तर त्यो हामीले कहिले पाउने भन्दै उहाँले दुखेसो पोख्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्