दाङमा दुई महिला सहित थप ५ जनामा कोरोना पुष्टि



ओमप्रकाश गुप्ता , सिसहनियाँ २१ जेठ । दाङमा एक महिला सहित थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा दाङका दुई जना महिला र तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास देवका अनुसार राजपुर गाउँपालिका वडा नं. ५ स्थित साधारण माध्यमिक बिद्यालय सालभौरी क्वारेनटाईनमा रहेका राजपुर गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय महिला, वडा नं. १ का १९ वर्षीय पुरुष र वडा नम्बर १ कै २७ वर्षीय महिला रहेका छन् । त्यस्तै दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय एक पुरूष, वडा नंं ७ का १७ वर्षीय एक पुरुष र वडा नम्बर ५ का २२ वर्षीय एक पुरुष रहेका छन् । यो संगै दाङमा कोरोना संक्रमण हुनेको संख्या ५६ पुगेको छ । क्वारेन्टाइनमा बसेका सवै भारतबाट अाएका थिए ।

त्यस्तै प्युठान मान्डबी गाउँपालिका वडा नम्बर १ का २३ वर्षीय पुरुष र सोहि गाउँ पालिका वडा नं. २ का २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सल्यान कपुरकोट गाउँपालिका वडा नं. ६ का २९ वर्षीय एक जना व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । प्युठानका संक्रमण पुष्टि भएका दुई जनालाई सोहि गाउँपालिकाको आइसोलेसनमा व्यवस्थापन गरिने तयारि भैरहेको छ । संक्रमण पुष्टि भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्