राजपुरमा पहिलो पल्ट कोरोना पुष्टि, ३ जना सङ्क्रमित




टेकबहादुर पुन/दाङ्ग
राजपुर गाउँपालिकामा पहिलो पल्ट कोरोना सङ्क्रमण पुष्टी भएको छ । विभिन्न बिद्यालयमा क्वारेनटाईनमा रहेका १ सय ५७ जनाको स्वाब संकलन गरि पि सि आर चेक गर्दा ३ जनामा कोरोना पोजेटिभ भेटिएको राजपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले जानकारी दिए । भारतबाट आएका उनिहरु तिनैजना महिला हुन ।

वडा नम्बर ५ का १ जना र वडा नम्बर १ का २ जनामा कोरोना पोजेटिभ भेटिएको हो । उनिहरु साधारण माबि सालभौँरी र माबि जनज्योती बेलामा क्वारेनटाईनमा थिए । यो भन्दा अघि राजपुरमा कोरोना भेटिएको थिएन ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले उनिहरुको परिक्षण गरेको हो । यो सँगै दाङ्गमा हालसम्म सङ्क्रमितको संख्या ५६ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्