एकैदिन दैलेखका १०५ जना र मुगुका १ पुरुषमा कोरोना पुष्टि



काठमाण्डौँ, जेठ २२
दैलेखमा बिहीबार एकैदिन १०५ जना कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दैलेखका १०५ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिष्ठानका अनुसार मुगका १ जनामा कोरोना पोजेटिभ देखिएको हो। दैलेखको नारायण नगरपालिकाका ६४ पुरुष र ५ महिलामा संक्रमण पुष्टि भएको छ। यस्तै देवलकाडाँका गाउँपालिकाका १२ पुरुषमा संक्रमण देखिएको छ। यस्तै सोतका ९ पुरुष, मानटाकुराका ७ पुरुष, साडुका २ पुरुष र भगनीका ५ पुरुषमा संक्रमण देखिएको छ। यस्तै बासकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मुगुको खत्याड गाउँपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ। मुगुमा कोरोना संक्रमणको पहिलो केस हो। मुगुको ४८ नमूनामध्ये एक जनामा संक्रमण पुष्टि भएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्