दाङमा एक महिला सहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि



ओमप्रकाश गुप्ता, दाङ २३ जेष्ठ । दाङमा बिहीबार एक महिला सहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देउखुरीकाे राजपुर गाउँपालिकामा ३ जना र बंगलाचुलीकामा ६ जना, घाेराही उपमहानगरपालिकामा ५ जना र बंबई गाउँपालिकामा १ जना गरि १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले जनाएकाे छ । बंगलाचुली गाउँपालिकामा भने एक महिलामा पनि काेराेना संक्रमण पाेजेटिभ देखिएकाे प्रतिष्ठानले जनाएकाे छ ।
पिसिआर विधिबाट प्रतिष्ठानमा गरिएको परिक्षणमा राजपुर गाउँपालिका वार्ड नम्बर २ का ३४ बर्षीय पुरूष, वार्ड नम्बर ३ का २७ बर्षीय पुरूष र वार्ड नम्बर ४ का २६ बर्षीय पुरूषमा काेराेना पाेजेटिभ रिपाेर्ट आएकाे संक्रमण प्रतिष्ठानले जनाएकाे छ ।
त्यसैगरी, बंगलाचुली गाउँपालिका वार्ड नम्बर ३ मा १७ र २२ बर्षीय पुरूष, वार्ड नम्बर ४ मा २३ बर्षीय एक महिला तथा १६, १८ र २४ बर्षीय पुरूषमा काेराेना पाेजेटिभ देखिएकाे प्रतिष्ठानले जनाएको छ । त्यस्तै घाेराही उपमहानगरपालिका वार्ड नम्बर २ मा १८ र २१ बर्षका पुरूष तथा वार्ड नम्बर ९ मा १८, २२, ३३ र ३६ बर्षीय पुरूषमा पनि काेराेना पाेजेटिभ देखिएकाे प्रतिष्ठानले जनाएकाे छ । त्यस्तै बंबई गाउँपालिका वार्ड नम्बर ५ का १९ बर्षीयमा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे प्रतिष्ठानले जनाएकाे छ ।
यो संगै दाङमा कोरोना संक्रमण हुनेको संख्या ७१ पुगेको छ । संक्रमति सबै विभिन्न क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरू सबै केही दिन पहिले छिमेकी मुलुक भारतबाट आएकाे बताइएकाे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्