लमही ३ का विभिन्न क्वारेन्टाईनमा रहेका १ सय १६ जनाको रिपोर्ट नेगेटिभ




टेकबहादुर पुन/दाङ्ग
लमही नगरपालिका वडा नम्बर ३ का विभिन्न क्वारेनटाईनमा रहेका १ सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बालजनता माबि बनगाउँ, माबि फल्कापुर र विभिन्न सामुदायिक क्वारेनटाईनमा रहेका १ सय १६ जनाको आर डि टि परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको लमही नगरपालिकाका स्वास्थ्य प्रमुख लोकराज पौडेलले जानकारी दिए ।

शनिबार उनिहरुको आर डि टि चेकजाँच गरिएको हो । उनिहरु सबै जिल्ला बाहिरबाट आएका नागरिक हुन् । लमही नगरपालिका वडा नम्बर ३ मा देशका विभिन्न जिल्लाबाट आएका सबैको चेकजाँच गरिएको वडाध्यक्ष बाबुराम चौधरीले जानकारी दिए ।

“क्वारेनटाईनमै रहेका कोही संक्रमण भए अन्यमा सर्ने स्थिति छैन, किनकि हामीले त्यही अनुसारको ब्यबस्था मिलाएका छौ वडाध्यक्ष चौधरीले भने-भारतबाट आउने नागरिक र जिल्ला बाहिरबाट आउने नागरिक सबै छुट्टाछुट्टै बस्ने ब्यबस्था छ ।” तर भारतबाट आएका नागरिक भने क्वारेनटाईनमा थिएनन् ।

वडाध्यक्ष चौधरीले भने उहाँहरु एकआपसमा भेट्ने स्थिति छैन, कोठा अनुसार बार बेरिएको छ, महिला पुरुष सबैको कोठापनि फरक छ, त्यसैले एक अर्कामा संक्रमण सर्ने स्थिति छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्