दाङका पाँच राजनीतिक दलद्वारा एमसीसी सम्झौता खारेजीको माग 



ओमप्रकाश गुप्ता , २४ जेठ । एमसीसी सम्झौताका विरुद्धमा दाङमा क्रियाशील पाँच राजनैतिक दलहरुले शनिबार दाङको घोराहीमा बिरोध कार्यक्रम सम्पन्न गरेका छन् । बिरोध सभामा बोल्ने बक्ताहरुले कुनैपनी सर्तमा एमसीसी सम्झौता संसदबाट अनुमोदन हुन नहुने बताएका छन् ।

एमसीसी सम्झौता लागू भएमा देशको राष्ट्रियता, अखण्डता र स्वाधीनता कमजोर हुने तथा देशको असंलग्न परराष्ट्र नीतिको समेत धज्जी उडने हुदा त्यो सम्झौता खारेज हुनुपर्ने कुरामा जोड दिएका छन् । बिदास्पद सम्झौताको बिरोध भइरहेको बेला सरकारले आगामी बजेटमा उक्त सम्झौताको योजना समेत अगाडी बढाएको हुँदा यसको बिरोध भएको हो । 

कार्यक्रममा नेकपा मसालका जिल्ला प्रबक्ता भरत भण्डारी , राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य , नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य समीर केसी , नेकपा मालेका जिल्ला सचिब नेत्रप्रकास पाण्डे, देशभक्त जनगणतान्त्रिक मोचाका जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडे लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य  सुशील पोख्रेलले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्