प्युठानमा थप एक जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या चार पुग्याे



दाङ २५ जेठ । प्युठानमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान दाङमा गरिएको पिसिआर परीक्षणमा प्युठानका एक युवकमा कोरोना पोजिटिभ देखिएको हो । सरुमारानी गाउँपालिका  २ का एक १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिस्ठानद्धारा आईतबार जारी बिज्ञप्तीमा जनाईएको छ । स्थानिय खड्केश्वरी प्राथमिक बिध्यालयको क्वारेन्टाइनमा बसेका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। ती व्यक्ति यही जेठ ६ गते भारतको मध्येप्रदेशबाट स्वदेश आइपुगेको बताइएको छ । कपिलवस्तुको कृष्णनगर नाका हुँदै बीस जनाको समुहमा उनी स्वदेश आएका थिए।

यही जेठ १७ गते उनी सहित क्वारेन्टाईनमा रहेका २७ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको थियो ।
यो संगै प्युठानमा कोरोना संक्रमितको संख्या चार पुगेको छ।यश अघि स्वर्गद्वारी नगरपालिकामा १ जना र माण्डवी गाउँपालिकाका २ जना सहित ३ जनालाई कोरोना देखिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्