भगवती मावि सैघाकाे क्वारेन्टाइनमा बसेका रदाङमा दुईजना संक्रमित थपिए



ओमप्रकाश गुप्ता , सिसहनियाँ २५ जेठ । दाङमा दुईजना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतवार गरिएको स्वाब परीक्षणमा राप्ती मावि सतवरियाकाे क्वारेन्टाइनमा बसेका लमही नगरपालिका वडा नं. ५ सतबरियाका २७ बर्षीय एक पुरुष र भगवती मावि सैघाकाे क्वारेन्टाइनमा बसेका  घोराही उपमहानगरपालिका वडा नं. १९ का २४ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सवै भारतबाट आएकाे बताइएकाे छ । उनीहरु सवैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे प्रतिष्ठानले बताएकाे छ ।  यो संगै दाङमा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्