सैघामा १ जनामा कोरोना पोजेटिभ



रोम थापा मगर
दाङको घोराही उपमहानगरपालिका वडा नं १९ सैघाको भगवती माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेका मध्ये एक जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ ।
कोरोना संक्रमणको आशंकामा दाङको घोराही उपमहानगरपालिकाबाट नमुना संकलन गरि नमुना परिक्षणका लागि पठाइएको १०८ वटा नमुना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पि.सि.आर विधिद्धारा परिक्षण गर्दा १०७ जनाको नेगेटिभ र १ जना २४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको घोराही उपमहानगरपलिका १९ का वडा सदस्य जंग रोकाले जानकारी दिनुभएको छ । उक्त पुरुष केहि दिन पहिले भारतबाट आई क्वारेन्टाइनमा बसेको थिए घोराही उप.म.न.पा वडा नं १९ सैघामा १ जनामा कोरोना पोजेटिभ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्