भारतमा मृत्यु भएका दाङका एक व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि



ओमप्रकाश गुप्ता, सिसहनियाँ २५ जेष्ठ । दाङका एक जना व्यक्ति काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । दाङ घर भई भारतको नयाँ दिल्लीमा काम गर्दै आएका एक व्यक्तिमा मुत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको छ ।

लामो समयदेखि दम र सुगरबाट पीडित भनिएका घोराही उपमहानगरपालिका–का ५९ वर्षीय एक व्यक्तिमा मृत्युपश्चात कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले जनाएको छ ।
नयाँ दिल्लीमै उपचारका क्रममा मृत्यु भएका उनको शव जेठ २४ गते दाङ ल्याएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो ।

स्वाब परीक्षणका क्रममा उनीमा कोरोना पोजिटिभ आएको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए । अन्तिम संस्कारका लागि घरमा ल्याइएको उनको कोरोना रिपोर्ट पोजिटिभ आएसँगै नेपाली सेनाले व्यवस्थापनका लागि तयारी थालेको छ । मृतकलाई ल्याएर आएका सहयोगी र शव वाहन चालकलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्