अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना संक्रमण



काठमाण्डौँ, जेठ २६
अर्घाखाँचीमा सोमवार एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन ठाउँको क्वारेन्टाइनमा बसेका हुन् भन्नेबारे खोजी भइरहेको जिल्ला निरीक्षक पौडेलले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्