कालिकोटका २५ संक्रमितले जिते कोरोना, फर्किए घर



काठमाडौं । कर्णाली प्रदेशको कालिकोटका २५ संक्रमित कोरोना जिजेर घर फर्किएका छन् । भारतबाट फर्किएका उनीहरुलाई दोस्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।

संक्रमण पुष्टि भएपछि उनीहरुलाई २ सातादेखि आइसोलेसनमा राखिएको थियो । सत्यदेवी मावि जुविथामा राखिएका संक्रमितहरु कोरोना निको भएर घर फर्किएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए ।

जिल्लाको शुभालिकाका १२, महाबैका ८, खाडाचक्रका २, तिलागुफा, पलाता र बाजुराका १(१ जना संक्रमणमुक्त भएका हुन् । कोरोना जितेर घर फर्किएका नागरिकलाई स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख डा। भिष्म पोखरेलले बिदाइ गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्