एमसिसि, रुकुम नरसंहार र जर्ज फ्ल्योयडको हत्या विरुद्ध विप्लव नेकपाले जाजरकोटका विभिन्न ठाउँमा विरोध प्रदर्शन



जाजरकोट संवाददाता ।
विश्वमा फैलिएको कोराना भाईरस ( COVID-19) ले बिश्व जगत आतंकीत र हैरानी खेपी रहेका बेला अमेरिकाको मेनिसोटा राज्य मिनिया पोलिसमा गोरा जातिका प्रहरिले काला जातिका ४६ वर्षीय जर्ज फोलोयड नामका नागरिकलाई घाँटी थिची बिच सडकमा हत्या गरेको र नेपालमा रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ८ सोतिमा जाजरकोटका प्रेममा रहेका र प्रेमलाई बिबाहमा परिनत गर्न गएका नबराज लगायका ५ जना युवाहरुलाई षड्यन्त्र पुर्ण तरिकाले हत्या गरि भेरी नदिमा फालिएको बिषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले जाजरकोटका विभिन्न स्थानमा बिरोध प्रदशन तथा य्राली प्रद्शन कार्यक्रम सम्पन्न गरेको छ ।

जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. ७ स्याउलिबजारमा भएको कार्यक्रमा सभाती क. वसन्त, प्रमुख अथिती अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य क. सृजनशिल, अथिती अखिल क्रान्तिकारी जाजरकोटका जिल्ला अध्यक्ष क. बिराजन शाही र सोही संगठनका सचीव क. दिपेन्द्र सिंह हुनुन्थ्यो ।

 

उक्त कार्यक्रममा सम्बोधन गर्दै अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष क. बिराजन शाही रुकुम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. ८ मा घटेको घटना भुलचुक नभैई वर्तमान कम्युनिस्ट नामका स्थानिय भ्रष्ट तथा संकिर्न चिन्तनबाट माथी उठ्न नसकेका अपराधीबाट षड्यन्त्र पुर्ण तरिकाले दलित जातिका नबराज बिकलगाएत ५ जना युवाहरुको सामुहिक हत्या भएको हो । यश घटनालाई सत्य तथ्य छानबिन गरि कानुन बमोजिम कारवाहिको माग गर्नुभयो ।

यसैगरी उक्त कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अथिती क. सृजनशिलले भन्नुभयो वर्तमान समयमा फैलिएको महामारी कोभिड 19 ले समाजवादी ब्यवस्था र पुजीवादी ब्यवस्थाको अन्तर र समाजवादी ब्यवस्थाको अगाडि पुजीवादी ब्यवस्थाको फेल गराईदिएको छ । त्यसैकारण अमेरिकाको मेनिसोटा राज्य मिनिया पोलिसमा गोरा जातिका प्रहरिले काला जातिका ४६ वर्षीय जर्ज फोलोयड नामका नागरिकलाई घाँटी थिची बिच सडकमा हत्या गर्नुले गोरा जातिका अमेरिकन साम्राज्यवादीहरु आफ्नो देशको संकटलाई टार्न नसकी जातिय द्वन्द ल्याई अपाराधिक शैलिमा मानबाधिकार उलंघन तथा प्रजातन्त्रको नाङ्गो रुप देखाई प्रजातन्त्रलाई नाङ्गो बनाई बेईजेत गरेका छन । यता नेपालमा कम्युनिस्ट नामको खोल ओढेका भ्रष्ट दलालहरु आफ्नो सत्ता टिकाउना नेपाली जनतामा बिभिन्ना खालका भ्रम सृजना गरिरहेका छन् । साथै संसदीय ब्यवस्था भित्रका दलालहरुले जनतामा भ्रम छर्ने जातिय विभेद निम्त्याउने, धार्मिक द्वन्द्व भड्काउने, गुण्डा कुन्द्रेमुन्द्रे भ्रष्ट दलाल तथा अपराधिक गिरोहहरुको सृजित तथा संरक्षण गर्नले रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ८ सोतिमा जातिय विभेद गरि षड्यन्त्र पुर्ण तरिकाले स्थानिय भ्रष्ट तथा संकिर्न चिन्तन बोकेका अपराधी हरुले षड्यन्त्र पुर्ण तरिकाले सामुहिक हत्या गरेका हुन तसर्थ अपराधीलाई कानुन बमोजिम कारवाही गर्न माग गर्दछौं ।

अन्यथा जातीय विभेद गरि सामुहिक हत्या गर्ने अपराधीलाई षड्यन्त्र गरि बचाउना खोजियो भने नेपाल कम्युनिस्ट पार्टीको जनअदालतको कानुन बमोजिम कारवाही गरि जनअदालतले आफ्नो सजाय सुनाउना बाध्य हुनेछ । र वर्तमान समयमा दलाल संसदीय ब्यवस्थाले निम्त्याएको समस्यालाई हल गर्न भ्रष्ट, दलाल, तस्कर, गुण्डा, आदि समाजमा रहेका खराब तत्वलाई परास्त गर्न दलाल संसदीय ब्यवस्थाको खारेज गरि बैज्ञानिक समाजवादी ब्यवस्था स्थापना गर्न सम्पुर्ण युवा, विद्यार्थी, किसान, मजदुर, महिला, जनजाती, राष्ट्रभक्त, देशभक्त, राष्ट्र प्रेमी सच्चा कम्युनिस्ट हरु एकीकृत जनक्रान्तिको बाटोमा लामवद्द भै बैज्ञानिक समाजवादी ब्यवस्था स्थापना गर्न महान यात्रामा लामवद्द हुन अपिल गर्नुभएको अखिल क्रान्तिकारी जाजरकोटका जिल्ला सचीव क. दिपेन्द्र सिंहले जानकारी गराउनु भयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्