असार ७ गते सूर्यग्रहण लाग्ने




काठमाण्डौँ, असार २
नेपालबाट असार ७ गते आइतबार सूर्यग्रहण देखिने भएको छ । नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिने न्छ ।

यस ग्रहणलाई कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत आदि ठाउँहरुवाट वलय सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण देखिने छ । नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशत सम्म सूर्य ढाकिएको देखिन्छ भने काठमाडौबाट ८८ प्रतिशत सम्म सूर्य ढाकिने छ ।

चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनु पर्ने हुन्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । यदि मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाको लागि अन्धो समेत हुन सक्दछ ।

त्यसैले सूर्यग्रहणका वेलामा नौं आखाले कदापि हेर्न हुदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्दछ । ग्रहण हेर्नलाई बनाइएको बिशेष चस्मा को प्रयोगगरी ग्रहण हेरेमा कुनै नोक्सानी हुदैन भने सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्बबनाइ छाया हेर्नु नै हो ।

वाल्मीकि क्याम्पसका सहप्राध्यापक तथा वरिष्ठ खगोलविद जयन्त आचार्यका अनुसार धार्मिक समुदायका मानिसहरु ग्रहणका वेला दान दक्षिण गर्दा विशेष फलमिल्ने विश्वास गरी दान दिने नदि तट वा ग¨ा मा गई ग्रहणको स्नान गरी शुद्घ हुने गर्दछन् भने तान्त्रिकहरु आफ्नो मन्त्र सिद्घगराउनका निमित्त ग्रहणलागेका वेला अत्यन्तै उपयुक्तमान्दछन् र मन्त्रको साधना समेत गर्दछन् ।

ग्रहण सम्बन्धि अन्धविश्वास संसारभरी नै रहेका पाउन सकिन्छ । रोमनहरु ग्रहणका वेला चिच्याउने गर्दछन् भने चीनमा ग्रहण र ड्र्यागन सगको सम्बन्धमा विश्वास गर्ने गर्दछन् । प्राचीन मिश्रका राजा आफै सूर्यवंशी थिए । उनी सूर्यग्रहणका वेलामा आफ्नै शहरको मुख्य मन्दिरमा गएर मन्दिरको परिक्रमा गरिरहन्थे भन्ने कुराको इतिहास भेट्न सकिन्छ ।

असार सात गते लाग्ने सूर्यग्रहण नेपालबाट विहान १० बजेर ५५ मिनेटबाट सुरु भई अपरान्ह दुई बजेर २४ मिनेटमा समाप्त हुनेछ । विहानको बाह्र वजेर ४१ मिनेट जाँदा सूर्यलाई नेपालबाट करिब ८८ प्रतिशत ढाकेको देखिने तथा उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने बताइएको छ ।

यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशी भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहर भने सूर्यग्रहण जो कोहिले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्दछन् ।

सूर्यग्रहण हेर्न चाहने सर्वसाधारण तथा विद्यार्थीलाई तक्षशिला एष्ट्रोनोमिकल क्लवले सामाखुशीस्थित तक्षशिला कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी ग्रहण हेर्ने व्यवस्था मिलाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्