राप्ती गाउँपालिकामा ५ ,गढवामा ३ जना गरि दाङमा ८ जनामा कोरोना पुष्टि



ओमप्रकाश गुप्ता , सिसहनियाँ ३ असार । दाङमा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा राप्ती गाउँपालिकाका ५ र गढवा गाउँपालिकाका ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

जस अनुसार राप्ती गाउँपालिका वडा नम्बर २ का ३६ वर्षका पुरूष, ५५ वर्षकी महिला त्यसै गरि वडा नम्बर ५ का ४६ वर्षका पुरूष, वडा नम्बर ६ का ४५ वर्षका पुरूष र वडा नम्बर ७ का २८ वर्षका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जानकारी दिएका छन् । त्यसै गरि गढवा गाउँपालिका वडा नम्बर १ का २९ वर्षका पुरूष ,वडा नम्बर ४ का ३१ वर्षका पुरूष र वडा नम्बर ६ का ५५ वर्षका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

यो सँगै दाङमा कोरोना संक्रमितको संख्या २ सय ५२ जना पुगेको छ । राप्ती गाउँपालिकामा १३ र गढवा गाउँपालिकामा १२ जनामा कोरोना देखिएको छ । त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मै गरिएको परिक्षणमा सल्यानका २५ जनामा कोरोना संक्रमण देखिएको बताईएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्