राप्ती र गढवाका थप ८ जना संक्रमित देउखुरी अाइसोलेसन सेन्टरमा भर्ना



ओमप्रकाश गुप्ता , सिसहनियाँ ३ असार । कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा बुधबार देखे परेका ८ जना कोरोना संक्रमितलाई भर्ना गरिएको छ । राप्ती गाउँपालिकाका ५ जना र गढवाका ३ जना संक्रमितलाई भर्ना गरिएको छ । बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिअार गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ अाएको थियोे । उनीहरू मध्ये अादर्श नमुना माध्यमिक विद्यालय लालमटिया क्वारेन्टाइनमा बसेका राप्ती गाउँपालिका वडा नम्बर २ का ३६ वर्षका पुरूष , नवज्योती अाधारभुत विद्यालय सिरिचाैर मसुरीया क्वारेन्टाइनमा बसेका ५५ वर्षकी महिला त्यसै गरि सर्वोदय मावि सिसहनियाँको क्वारेन्टाइनमा बसेका वडा नम्बर ५ का ४६ वर्षका पुरूष, स्टार समिट बोडिङ स्कुल पहरूवा क्वारेन्टाइनमा बसेका वडा नम्बर ६ का ४५ वर्षका पुरूष र वडा नम्बर ७ का २८ वर्षका पुरूषलाई अाइसोलेसनमा भर्ना गरिएको छ ।

त्यस्तै गढवाको चैनपुर क्वारेन्टाइनमा बसेका गढवा गाउँपालिका वडा नम्बर १ का २९ वर्षका पुरूष ,वडा नम्बर ४ का ३१ वर्षका पुरूष र वडा नम्बर ६ का ५५ वर्षका पुरूषलाई पनि अाजै अाइसोलेसनमा भर्ना गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । संक्रमितहरूलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले क्वारेन्टाइनबाट अाइसोलेसनमा ल्याएका थिए । उनीहरूको अाजबाटै उपचार सुरू हुने स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् । यो सँगै अाइसोलेसन सेन्टरमा १५ जना भर्ना भई उपचार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्