दाङ भालुवाङका राजकुमार पुन लागुअाैषध सहित पक्राउ



ओमप्रकाश गुप्ता, सिसहनियाँ ४ असार । दाङ देउखुरीका एक युवा लागुअाैषध चरेस सहित पक्राउ परेका छन् । राप्ती गाउँपालिका १ भालुबाङका ३४ वर्षीय राजकुमार पुन मङ्गलवार राति करिब १०:३० बजे तिर लमही-भालुवाङ सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका २ शान्तिनगर लालमटियाबाट ५ किलो २ सय ५० ग्राम प्रतिबन्धित लागुऔषध चरेस सहित पक्राउ परेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता राजकुमार बैदवारले जानकारी दिएका छन् ।

पुनलाई विशेष गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी टाेलीले पक्राउ गरेको हो । उनी सवार लु १४ प ६४१५ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पुन माथि थप अनुसन्धान भइरहेको बैदवारले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्