राष्ट्रपतिद्धारा संविधानको दोस्रो संशोधन विधेयक प्रमाणीकरण

नयाँ नक्साको संवैधानिक मान्यता


काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ ।

संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणिकरण गरेकी हुन् ।

उक्त विधेयक बिहीबार अपरान्ह राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। यससँगै नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।

सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्