निशुल्क सामुदायिक विद्यालय सञ्चालन विद्यालयले परीक्षा शुल्क समेत विद्यार्थीहरुबाट लिदैन



scll 2

दाङ, जेठ २२

निशुल्क भनिएपनि देशभरका सामुदायिक विद्यालयले बिभिन्न शिर्षकमा शुल्क लिइरहेको बेला दाङको एउटा प्राथमिक विद्यालयले भने सत प्रतिशत निशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ ।
घोराही उपमहानगरपालिका वडा नं २ मा रहेको रात्री प्राथमिक विद्यालय पलासेले कुनै पनि शिर्षकमा शुल्क नलिई विद्यालय सञ्चालन गर्दै आइरहेको छ । विद्यालयले विद्यार्थीहरुलाई बिगत चार बर्षदेखि सत प्रतिशत निशुल्क पढाइरहेको प्रधानाध्यापक चामबहादुर बि.क. ले जानकारी दिनुभयो ।
चार बर्ष अभिभावकहरुको आम भेलाले कुनै बाहानामा पनि शुल्क नलिने निर्ण आम सहमतिले गरेपछि विद्यालयले भर्ना शुल्क, परीक्षा शुल्क, मासिक शुल्क, प्रमाणपत्र वापतको शुल्क, सिफारिस शुल्क सहित कुनै पनि बाहानामा शुल्क नलिइ पढाइरहेको छ ।
विद्यालयको सेवा क्षेत्रभित्र रहेका अभिभावकहरु अभिकाम्स भूमिहिन सुकुम्वासी, थारु, दलित र अति बिपन्न बर्ग रहेको हुदा पैसाका कारण छोराछोरीलाई पढाईबाट बञ्चित नगराउने भन्ने उद्देश्यका साथ शैक्षिक सत्र—२०७० देखि कुनै पनि बाहानामा शुल्क नलिई सतप्रतिशत निशुल्क रुपमा पढाउन थालिएको प्रधानाध्यापक बिकले बताउनुभयो ।
उहाँका अनुसार विद्यालय सञ्चालनका लागि सरकारले जिल्ला शिक्षा कार्यालय मार्फत मसलन्द शुल्क, प्रति विद्यार्थीका आधारमा दिइने पी. सी. एफ. नन स्यालरी अनुदान, विद्यालय सुधार आयोजना निर्णाण लगायतमा सवै विद्यालयमा अनुदान दिन्छ । र, त्यहि अनुदानबाट विद्यालयको प्रशासनिक काम सञ्चालन गर्दै आइरहेको छ । विद्यालय चाहने हो भनी विद्यार्थीहरुबाट कुनै शुल्क नै नलिएर विद्यालय सञ्चालन गर्न सकिने दावी प्रधानाध्यापक बिकको छ ।
विद्यालयमा ४ जना शिक्षक, दुइ जना सहयोगी कार्यकर्ता र एक जना विद्यालय सहयोगी गरी ७ जना शिक्षक कर्मचारी रहेका छन । कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा यसबर्ष १ सय ४८ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्