मुलुकका अधिकांश स्थानमा वर्षा: चट्याङसहित बाढी पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह



काठमाडौं । जल तथा मौसम पूर्वानमुमान महाशाखाले मुलुकका अधिकांश स्थानमा विहानैबाट वर्षा भइरहेको जनाएको छ ।

हाल देशभर मनसुनी वायु को प्रभाव रहनुका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा केही दिन अझै वर्षा जारी रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

देशभर धेरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश , प्रदेश नं ५ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अधिकांश ठाउँमा वर्षा भइरहेको हुँदा ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार १२ गते

दिउँसोः देशभर सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित भारी वर्षा ९ज्भबखथ च्बष्ल० सम्भावना रहेको छ।

रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २, प्रदेश नं ५ तथा गण्डकी प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार १३ गते

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार १४ गते

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ प्रदेश २ तथा बाग्मती प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश तथा प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्