राप्ती गाउँपालिकाको चार वडामा गरिव विपन्न परिवारलाई बंगुरको पाठापाठी वितरण



ओमप्रकाश गुप्ता, सिसहनियाँ १४ असार । दाङ देउखुरीको राप्ती गाउँपालिकाका ४ वडाका गरिव,विपन्न परिवारलाई बंगुरको पाठापाठी बितरण गरिएको छ । राप्ती गाउँपालिका र मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्र्तगत कोभिड १९ को महामारीले असर परेका परिवारहरुलाई पशुपंक्षी तथा मत्स्य विकास शाखाको पहलमा गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र ८ का  २० जना परिवारहरुलाई बंगुरको पाठापाठी बितरण गरिएको हो ।

कोभिड १९ को महामारीले असर परेका परिवारहरुबाट समुह गठन गरि प्रत्येकलाई एक एक वटा बंगुरको पाठी र समुहलाई बंगुरको दुई पाठा गरि चार वटा वडामा ८० वटा बंगुरको पाठी र आठ वटा बंगुरको पाठा बितरण गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखाका शेरबहादुर हमालले बताएका छन् ।

साथै बंगुरहरुलाई निशुल्क जुकाको औषधी र भिटामिनको अाैषधी समेत बितरण गरिएको छ  । बितरीत बंगुरका पाठापाठीको बिमा समेत गरिएको छ  ।वितरीत बंगुरका पाठापाठीले गरिब तथा बिपन्न परिवारलाई आयमुलक कार्यमा सरिक गराउन महत्वपुर्ण भुमिका खेल्ने बिस्वास लिइएको पशुसेवा शाखाका शेरबहादुर हमालले बताएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्