दाङमा एकैदिन ५८ सङ्क्रमित थपिए, सङ्क्रमितको सङ्ख्या ५६८ पुग्यो



काठमाण्डौँ, असार १५
दाङमा सोमबार एकैदिन ५८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परीक्षणमा थप ५८ जना सङ्क्रमित​ भेटिएसँगै दाङमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या पाँच सय ६८ पुगेको छ ।

सोमबार भेटिएका सङ्क्रमितमा गढवाका २२ जना, बबईका १० जना, तुलसीपुरका आठ जना, घोराहीका सात जना, राप्तीका पाँच जना, शान्तिनगर र दङ्गीशरणका दुई/दुई जना गरी चार जना र नेपाली सेनामा कार्यरत २ जना रहेका छन् । सङ्क्रमितमध्ये २२ जना महिला र ३६ पुरुष हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्