दाङमा थप ५८ जनाका कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय ६८ पुग्यो



ओमप्रकाश गुप्ता , सिसहनियाँ १५ असार । दाङमा सोमबार ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा ३६ जना पुरुष र २२ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी, नेपाली सेना र भारत तथा अन्य देशबाट आएका व्यक्तिहरु रहेका छन् ।

जस अनुसार राप्ती गाउँपालिकाका ५ जना, गढवा गाउँपालिकाका २२ जना, बबई गाउँपालिकाका १० जना, तुलसीपुर उपमहानगरपालिकाका ८ जना, घोराही उपमहानगरपालिकाका ६ जना, शान्तिनगर गाउँपालिकाका २ जना र दंगिशरण गाउँपालिकाका २ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । यसैविच राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका एक महिला स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो सँगै प्रतिष्ठानका ८ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको हो । त्यसैगरी, नेपाली सेनाको रिपूमर्दन गणका दुई जनामा पनि कोरोना संक्रमण देखिएको छ । दुई साता पहिले भारतबाट घोराहीमा शब ल्याई व्यवस्थापनमा खटेका नेपाली सेनामा कोरोना पोजेटिभ देखिएको हो । यस अघि पनि सोही कार्यमा खटेका एक जना सेनामा कोरोना देखिएको थियो । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ५ सय ६८ जना पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्