अध्यक्षलाई थप उपचारको लागी हेलिकप्टर मार्फत काठमाण्डौं सी डी यो ले गरे



यादव सैघाली    /फोतो को लागि धन्याबाद
दाङ–शान्तीनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष फर्साराम डाँगीलाई थप उपचारको लागी काठमाण्डौं लगिएको छ । मंगलबार कार्यकक्षमै नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले धारिलो हतियार प्रहार गरी घाईते भएका डाँगीलाई थप उपचारको लागी हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।‘थप उपचार गर्न काठमाण्डौं लगिएको छ । वडा अध्यक्ष चोटका कारण वोल्न सक्नु भएको छैन’उनले भने–‘जिल्लामा उपचार हुन नसकेपछी हेलिकप्टर मार्फत काठमाण्डौं लग्नु प¥यो ।’ राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचार गरिएको थियो । मुखुण्डो लगाएर चारजनाको समुहमा कार्यालय भित्र प्रवेश गरेका विप्लवका कार्यकर्ताले कार्यकक्षमै प्रवेश गरेर कुटपिट गरेका थिए । घटना स्थलमा प्रतिवन्धित विप्लव नेतृत्व नेकपाको पर्चा भेटिएको थियो । यसैविच घटना स्थलको सुरक्षा अधिकारीले अनुगमन गरेका छन् । प्रजिअ रिजाल सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीले घटना स्थलको अनुगमन गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्