सेती महाकालीका समसामयिक विषयमा नेकपा महाकाली ब्युरोको धारणा सार्वजनिक



दाङ्ग। नेपाल कम्युनिस्ट पार्टी सेतिमहाकाली ब्युरोले देश काेराेना महामारीको संकटमा परेको बेला दलाल पुजीवादी राज्यको गलत निति र व्यवस्थापनका कारण सेती महाकालीका जनताले भाेग्नु परेका समस्याहरु प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सम्बन्धित पक्षले समाधान नगरे जनताको चाहना बमोजिम पार्टीले सशक्त कदम चाल्ने कुराकाे विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

सेती महाकालीका समसामयिक विषयमा नेकपा सेतिमहाकाली ब्युरोको धारणा सार्वजनिक गर्दै विज्ञप्तिमा निम्न कुराहरु उल्लेख गरिएको छ।

१) लकडाउन अबधि भर कुनै पनि बैक वा बित्तीय संस्थाहरूले व्याज वा लगानी असुल नगर्नु नगराउनु भन्ने सर्वाेच्च अदालतको आदेश बिपरित बैक र केही सुदखाेर वित्तीय संस्थाहरूले जबर्जस्ती ब्याज र समुहको ऋण असुल गरेर जनता र व्यावसायिलाई संकटमा झन संकट पैदा गरेको पाइएको छ। लकडाउनका कारण उद्योग र व्यापार व्यावसायिले कुनै पनि उत्पादनका काम गर्न नपाइएको बेला दलाल पुजीवादी बैंकहरुले जनताको जीवन भन्दा पनि नाफा मात्रै हेर्नू गलत हाे र याे तत्काल बन्द गर्नुपर्छ। त्यसमा पनि पुजीवादी एजेण्डकाे रुपमा गाउँ गाउँमा पसेका लघु वित्त माइक्रो फाइनान्सहरुले चर्को ब्याजमा जनतालाई लुट्ने काम गरिरहेका छन्। यिनलाई जनकारबाही गर्ने पार्टीको निति बमोजिम डडेलधुरा जिल्ला पार्टीको नेतृत्वमा सुदखाेर झाेले बैंक फवार्ड कम्युनिटी माइक्रो फाइनान्सलाई जनकार्बाही गरि जनताको रकम फिर्ता गराउने सरहानिय काम गरेको छ। यस प्रकारका गतिबिधी रोक्न सबै जिल्ला पार्टी लाई आह्वान गर्द्छ।

२) लकडाउनका कारण जनताको जीवन गुजारा गर्न मुस्किल भैरहेको बेला शहर बजारका घर धनिहरुले घरभाडा असुल गर्ने नाममा बहालमा बस्नेहरुलाई निकै दुख दिएको र राज्यले यसमा कुनै चासो नदेखाएको प्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। केही मानवीय भावना भएका घरमालिक बाहेक सबै पुजीवादी चेतनाले लैश भएका व्यक्तिहरुले घर बहालकाे नाममा अपराधिक व्यवहार देखाउदै आएकोले त्यसलाई तत्काल राेक्न र राज्यको तर्फबाट समन्वय गर्न सुझाव पेस गर्न चाहन्छौं। यदि सामान्य मानवीय भावनालाई समेत बेवास्ता गरि घरबहालकाे नाममा दुख दिने काम कसैले गरेको पाइएमा पार्टीको तर्फबाट जनकारबाही गर्ने जानकारी पनि गराउदछाै।

३) कथित बैज्ञानिक बनकाे नाममा पहिले वन कटानी गर्न लगाउने तर अहिले कटान भएका काठहरु संकलन र बितरणमा राेक लगाउने सरकारकाे गलत कार्यप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। वैज्ञानिक वनको नाममा भैरहेको वन बिनास राेक्नु सकारात्मक कदम हाे तर कटान भैसकेको काठ संकलन नगरी लथालिङ्ग छाेडेर जंगलमै सडाउनु र व्यावसायीहरुकाे लगानी डुवाउनु गलत हाे। यसकाे जिम्मेवारी सरकार र उसका भ्रष्ट कर्मचारीले लिनुपर्छ। यसमा सरकारले वन विनास राेक्ने भन्दा पनि कमिसनको खेल देखिन्छ। एकातिर बिदेशी काठ तस्करहरुकाे चलखेल र अर्कोतर्फ काठ व्यावसायी बाट माेटाे रकम असुल गर्ने नियतका साथ राष्ट्रकाे सम्पत्ति नाेक्सान गर्नु गलत हाे। अहिले कथित संसदीय छानबिन समिति जाे बनेको छ र जुन व्यक्ति त्यसमा परेका छन् , ती हिजाेका दलाल काठ व्यापारी भएकोले यसको सहि छानबिन भन्दा पनि करोडौं कमिशनकाे खेल चल्ने पक्का भएकोले त्यसलाई हाम्रो पार्टीले गम्भीरतापूर्वक लिएको छ। तसर्थ हाम्रो स्पष्ट मत छ कि बैज्ञानिक वनको नाममा हुने वन बिनासलाई राेक्नु पर्छ तर कटान भैसकेको काठलाई संकलन र बितरण गर्न छुट दिनुपर्छ ।

४) कथित समाजवादकाे नक्कली जामा भिरेकाे सरकारले शहरिया धनाढ्य वर्गलाई मात्रै मध्यनजर गरि अनलाइन पढाइको नाममा अभिभावक लुट्ने छुट दिएको प्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यसले फेरि पनि ग्रामीण र शहरी विभेदलाई बढाउनुकाे साथै शिक्षाको नाममा झन चर्को व्यापारीकरण भएको छ । यसलाई तत्काल समाधान गर्नुपर्छ र सबैको लागि समान शिक्षाको व्यवस्थापन गर्नुपर्छ।

५) अहिले असारे बिकासकाे नाममा सात नम्बर प्रदेश सरकार र स्थानीय तहमा भैरहेको भ्रष्टाचार, अनियमितता र कमिसनको खेल प्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। त्यसमा पनि वजेट परिचालन गर्ने भाैतिक याेजना मन्त्रालयमा भएको करोडौं कमिसनको खेल नाङ्गो रुपमा बाहिर आएको छ। त्यस्तै काेराेना व्यवस्थापन काे नाममा पनि करोडौं खर्च भएको देखाउने तर क्वारेन्टाइन व्यवस्थापन मा लापरबाही गर्ने गरेको पनि पाइएको छ। अझ त्यसमा पनि क्वारेन्टाइन काेराेना फैलाउने केन्द्र काे रुपमा प्रयोग भएको पाइएको छ। यसलाई सहि व्यवस्थापन नगरेमा, भ्रष्टाचार नराेकेमा र जनताको बिकासलाई पारदर्शी नगरेमा संबंधित भ्रष्टाचारका केन्द्रमा पार्टीले कार्वाहीलाई केन्द्रीत गर्नेछ।

६) अहिले पनि दलाल सरकारले काेराेना लकडाउनकाे समयमा सामान्य मानवीय संवेदनशीलतालाई समेत ध्यान नदिइ हाम्रो पार्टीका नेता कार्यकर्तालाई धरपकड गर्ने कार्य गरिरहेको छ। सहिद सनराइजकाे स्मृतिमा सहभागी कैलालीका जिल्ला नेताहरु दलबहादुर बिक, प्रकाश रावल, बवरजंङ सिंह लगाएत ६ जनालाई गिरफ्तार गरि परिवारलाई समेत भेट्न नदिनु घाेर निन्दनीय र भर्त्सना याेग्य कार्य हाे। यस्तो मानवता बिराेधी हर्कत दलाल सरकारले राेक्न र बाजुराका जिल्ला इन्चार्ज कमरेड एण्डिज लगाएत कैलालीमा गिरफ्तार गरिएका कमरेडहरूलाई सिघ्र रिहाइ गर्न आह्वान गर्दछौं ।

नेपाल कम्युनिस्ट पार्टी सेतिमहाकाली ब्युरो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्