प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक



काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । आकस्मिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार आजको बैठक चालु वर्षे अधिवेशन बन्द गर्ने निर्णय गर्ने बुझिएको छ ।

त्यस्तै केही विधेयकहरुका बारेमा समेत छलफल हुन लागेको स्रोतले बताएको छ । गत वैशाख २६ गतेबाट वर्षे अधिवेशन सुरु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्