रोल्पा जिल्लामा बामगठबन्धन विजयी



सैघाली खबर,
रोल्पा २४ मंसिर।पहिलो चरणमा सम्पन्न रोल्पा निर्बाचनको प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको मतगणना सकिएको छ । जसमा प्रतिनिधि सभा तर्फ माओवादी केन्द्रका बर्षमान पुनले भारी मत अन्तरले जित हासिल गर्नुभएको छ । उहाले नेपाली कांग्रेसका अमर सिंह पुनलाई पराजय गर्नुभएको हो ।

मत परिणाम अनुसार पुनले ४० हजार ६ सय ४७ मत प्राप्त गर्नुभएको छ भने अमर सिंह पुनले १९ हजार ९ सय ६ मत प्राप्त गर्नूभयो । दुई प्रदेश सभा रहेको रोल्पाका दुबै प्रदेश क्षेत्र वाम गठबन्धनका उमेद्वारले जित हासिल गरेका छन । जसअनुसार प्रदेश सभा क मा माओवादी केन्द्रका कुलप्रशाद केसिले १८ हजार ५ सय १२ मत प्राप्त गरि बिजयी हुनुभएको छ । उहाका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका सेरबहादुर महराले १० हजार ४ सय १ मत प्राप्त गर्नूभएको छ ।

त्यसै गरि प्रदेश सभा ख मा पनि माओवादी केन्द्रकै दिपेन्द्र कुमार पुनले २४ हजार ४ सय ९० मत प्राप्त गरि बिजयी हुनुभएको छ । उहाका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका खगेन्द्र प्रकाश हमालले ९ हजार ९ सय ६९ मत प्राप्त गर्नुभएको छ । जिल्ला निर्वाचन अधिकृत बासुदेबलाल श्रेष्ठले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्