भारतमा कोरोना कहरः एकै दिन ४७९ को मृत्यु, २३ हजार १३५ संक्रमित



काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २० हजार ६५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४७९ जनाको मृत्यु भएको छ भने २३ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७ लाख ४३ हजार ४८१ पुगेको छ ।

संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो । संक्रमितमध्ये ४ लाख ५७ हजार ४५ जना संक्रमणमुक्त भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्