लमही र तुलसीपुरमा गरि दाङमा थप ५ जनामा कोरोना पुष्टि



ओमप्रकाश गुप्ता, दाङ २४ असार । दाङमा बुधवार थप पाँच जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा कोरोना संक्रमित थपिएका छन् । केहि समय अघि स्वाम संकलन गरी बाँकेको भेरी अस्पतालमा परिक्षणका लागी पठाईएको थियो । बुधवार भएको कोरोना परिक्षणमा तुलसीपुरका १ र लमहीका ३ जना गरी जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दाङका एक जनाको पाटल अस्पतालमा कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको छ । तुलसीपुर २ का २८ बर्षिय एक पुरुष र लमही नगरपालिका वडा नम्वर ५ का तिन जना क्रमश २४ , ३३, ३३ बर्षका पुरुष र वडा नम्वर ७ का २५ बर्षिय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्