सैघाली खबर
चितवन, २४ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिद्वन्द्वी राप्रपा ‘प्रजातान्त्रिक’ का बिक्रम पाण्डेसँगको मतान्तर बढाउँदै लगेका छन्।
प्रचण्ड पाण्डे भन्दा झण्डै ६ हजार मतान्तरले अगाडि पुगेका छन्।
साँझ ६ ७ बजेसम्मको परिणाम अनुसार ४८ हजार मत गणना हुँदा प्रचण्डले २४ हजार ९ सय ४३ मत पाएका छन्।
पाण्डेले १९ हजार ५४ मत पाएका छन्। प्रचण्ड–पाण्डेबीचको मतान्तर ५ हजार ८ सय ८९ रहेको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।