लमहीमा २ वटा साहित्यक पत्रिकाको लोकार्पण



ओमप्रकाश गुप्ता , लमही २९ असार । अादीकवि भानुभक्त अाचार्यको २०७ अाैँ जन्म जयन्तीको अवसरमा २ वटा साहित्यक पत्रिकाको सोमबार लोकार्पण गरिएको छ । वीर भक्ति थापा स्मृति प्रतिष्ठान रातोडाँडा लमहीको हलमा सम्पन्न कार्यक्रममा भानुको जीवनी बारे साहित्यकार गंगानाथ कोइरालाले चर्चा गरेका थिए । भने संस्करण चाैमासिकको समिक्षा उदयराज अाले र लावा डगरको चर्चा प्रधान संम्पादक छविलाल कोपिलाले गरेका थिए ।

भक्ति थापा स्मृति प्रतिष्ठानद्वारा प्रकाशित संस्करण दोस्रो अंक र थारू भाषा तथा साहित्य संरक्षण मञ्चद्वारा प्रकाशित लावा डगर ४१ अंकको समिक्षा गर्नेहरूमा जागेश्वर शर्मा घिमिरे, दामोदर पाण्डे, शशिधर ज्ञवाली, कृष्णराज खनाल, बामदेव पाैडेल, गणेश गिरी, पदम अधिकारी, गंगा अधिकारी र लावा अग्रासनका सम्पादक सन्तोष दहित लगायतले गरेका थिए । संस्करणका प्रधान सम्पादक निमबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्