‘महिला हिसां अन्त्य गर्न शिक्षा आबश्यक’



सैघाली खबर,
दाङ २५ मसिर। ।
महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत आईतबार अन्तिम दिन समाजमा वातावरणीय शिक्षाको बिकास ( सीड)ले साबिक धनौरीमा कार्यक्रम गरेको छ । साबिक धनौरीको रगैँचामा महिला हिंसा न्युनिकरणमा शिक्षाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम भएको हो ।

आईएम नेपालको आर्थिक सहयोग र शान्तिनगर गाउपालिकाको सहकार्यमा कार्यक्रम भएको हो । सीडका सामाजिक सहजकर्ता कल्पना खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरुले महिलामाथिको हिंसा न्युनिकरण गर्न शिक्षाको आबश्यकता रहेको बताएका थिए ।
उनीहरुले महिलामाथि हिंसा हुनुको कारण आर्थिक , गरिबि, साहारा बिहिन, सचेतना नहुँनु रहेकाले यी कुराको अन्त्य हुनुपर्ने बताएका थिए । कार्यक्रममा शान्तिनगर गाउपालिका ५ का अध्यक्ष गिरिराज बस्नेत, महिला सञ्जाल धनौरीकी अध्यक्ष चित्रा केसी, महिला सञ्जालको अध्यक्ष राधा अधिकारी, स्वयंसेवीका रिता डाँगी, चित्रा बुढाथोकी, आस्था चौधरीलगायतले मन्तब्य ब्यक्त गरेकी थिईन् ।

सामाजिक सहजकर्ता बिना खड्काले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको उदेश्यमाथि कार्यक्रम अधिकृत निर्मला महताराले प्रष्ट पारेकी थिईन् । सहजीकरण आकासजंग घर्तीले गरेका थिए ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्