उपप्रधानमन्त्री श्रेष्ठ झन्डै तीन हजार मतले पछाडि



सैघाली खबर, स्याङ्जा २६ मंसिर।
स्याङ्जा–२ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ जारी मतगणनामा निरन्तर पछि परिरहेका छन्।

प्राप्त पछिल्लो मतगणनामा कांग्रेस उम्मेदवार श्रेष्ठले ९ हजार ३ सय ९० मत पाएका छन्। एमालेकी पद्मा कुमारी अर्यालले १२ हजार १ सय ४२ मत ल्याएकी छन्।

विवादका कारण स्याङ्जामा मतगणना ढिला सुरु भएको थियो।

अहिले मतगणना जारी छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्