समानुपातिक तर्फको साढे २५ लाख मत गन्दा कुन पार्टीको कति मत ?कुन पार्टी अगाडी ?यस्तो छ मत परिणाम



सैघाली खबर,
काठमाडौँ २६ मंसिर।। मंगलबार सम्म समानुपातिकतर्फ २५ लाख ४७ हजार ७ सय ६७ मत गणना भएको छ।

समानुपातिकमा पनि प्रत्यक्षतर्फ धेरै सिट जितेको एमालेले अग्रता लिएको छ। अहिलेसम्म एमालेले ९ लाख ३५ हजार २ पाएको छ।

कांग्रेसले एमालेलाई पछ्याइरहेको छ। कांग्रेसले अहिलेसम्म ८ लाख ७७ हजार ७ सय ७० मत पाएको छ।

तेस्रो स्थानमा रहेको माओवादीको मत ३ लाख ८५ हजार ३ सय छ। ६४ हजार ८६ मतसहित संघीय समाजवादी फोरम चौथो स्थानमा छ।

पहिलो पटक संसदीय चुनावमा भाग लिएको विवेकशील साझा पार्टीले ५३ हजार २८ मत पाएको छ। यो २ प्रतिशतभन्दा अलिकति बढी हो।

राप्रपा ४८ हजार ३ सय ७६ मतसहित छैठौं स्थानमा छ। उसले पाएको मत १‍।९ प्रतिशत हुन्छ। मधेसकेन्द्रीत दल राजपाको मत ४२ हजार ४ सय ८४ छ भने नयाँ शक्तिको मत ३१ हजार ५५ छ।

समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत भोट ल्याउने दलले सांसद पठाउन सक्छन्।

समानुपातिकबाट ८० प्रतिशत महिला पर्ने

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट थोरै मात्र महिला निर्वाचित भएकाले दलहरूले समानुपातिकबाट धेरै महिला ९करिब ८० प्रतिशत० लाई सांसद बनाउनुपर्ने भएको छ ।

संवैधानिक व्यवस्थाअनुसार संसद्मा ३३ प्रतिशत महिला सदस्य अनिवार्य छ । दलहरूले प्रत्यक्षमा उम्मेदवार बनाउँदा नै थोरै मात्र महिलालाई समेटेका थिए भने विजयी भएर आउने महिला सांसदको संख्या त झनै न्यून छ । सोमबार साँझसम्मको नतिजाअनुसार प्रतिनिधिसभामा ५ जना मात्र महिला निर्वाचित भएका छन् ।

प्यूठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, कञ्चनपुर–१ बाट माओवादी केन्द्रकी बिना मगर, ललितपुर–३ बाट माओवादीकै पम्फा भुसाल, झापा–३ बाट एमालेकी पवित्रा निरौला खरेल र रुकुमपूर्व १ बाट माओवादी केन्द्रकी कमला रोका विजयी भएका छन् ।

मतगणना जारी रहेका क्षेत्रमध्ये सुनसरी–३ मा एमालेकी भगवती चौधरी कांग्रेसका विजय गच्छदारसँग प्रतिस्पर्धामा छिन् भने स्याङ्जा–२ मा एमालेकी पद्मा अर्याल कांग्रेसका गोपालमान श्रेष्ठसँग प्रतिस्पर्धामा छिन् ।

प्रत्यक्षबाट सोमबारसम्म ५ जना मात्रै महिला निर्वाचित भएका छन् । संघीय संसद्मा कम्तीमा ३३ प्रतिशत महिला पुर्‍याउनैपर्ने भएकाले समानुपातिकबाट यति धेरै चुन्नुपर्ने भएको हो ।कान्तिपुरमा समाचार छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्