सैघाली खबर,
कालीकोट२७ मसिंर । पहिलो चरणमा भएको निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक तर्फको मतगणनाअनुसार कालीकोटमा नेकपा ९माओवादी केन्द्र०ले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
नेकपा ९माओवादी केन्द्र०ले प्रतिनिधिसभामा ११ हजार ४८० मत ल्याएको छ भने नेकपा ९एमाले०ले १० हजार ९७८, नेपाली काँग्रेसले छ हजार ५०३, राप्रपा दुई हजार ८५१ र राप्रपा ९प्रजातान्त्रिक० एक हजार ६४० मत ल्याएको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी सिवाकोटीले बताएका छन् ।
उनले प्रदेशसभा ९क०मा नेकपा ९माओवादी केन्द्र०को चार हजार ७९७, एमाले चार हजार ६०० र नेपाली काँग्रेसलाई एक हजार ५६० मत प्राप्त भएको बताए ।
त्यसैगरी, प्रदेशसभा क्षेत्र ९ख०मा माओवादी केन्द्रले छ हजार १८, एमाले पाँच हजार ४३९ र काँग्रेसले चार हजार ५७० मत प्राप्त गरेका छन् । कालीकोटमा समानुपातिकतर्फ ४२ हजार ७४० मत खसेको थियो ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रका दुर्गबहादुर रावत, प्रदेशसभा ९क०मा एमालेका कुर्मराज शाही र प्रदेशसभा ९ख०मा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका थिए । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।