गढवा उद्योग बाणिज्य संघद्धारा गाउँमै कर सेवा



ओमप्रकाश गुप्ता / शिबराज पन्थी , देउखुरी १४ साउन । गढवा उद्योग बाणिज्य संघले दाङ देउखुरीको कालाकाटे, पचाहा र राजपुरको जंग्रहवामा पुगी ब्यवसायीहरलाई गाउँमै पुगेर कर बुझाउने सेवा प्रबाह गरेको छ । आन्तरिक राजश्व कार्यालय तुलसीपुरसंगको समन्वय र सहकार्यमा स्थानीय स्तरमै कर बुझाउने शिविर संचालन गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले जानकारी दिएका छन् ।

दुई दिन सम्म गढवाको कालाकाटे र पचाहामा संचालित कर शिविरमा कुल २ सय ३४ जना ब्यवसायिहरुलाई सेवा प्रबाह गरिएको संघले जनाएको छ । जस अनुसार गढवा गाउँपालिका अन्तर्गतका कालाकाटे र पचाहामा ४२ जनाले अन्तशुःल्क बुझाएको, ११० जनाले आयकर बुझाएको र १३३ जनाले ब्यवसाय दर्ता तथा नविकरण गरेको टोलीका अगुवा गढवा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष खिमबहादुर बुढामगरले जानकारी दिएका छन् । यसैगरी राजपुरको जंग्रहवामा २ दिन सम्म संचालन गरिएको शिविरमा २४ जनाले अन्तशुल्क र ९६ जनाले आयकर बुझाएको र ९९ जनाले ब्यवसाय दर्ता तथा नविकरण गरेको संघका अध्यक्ष रविलाल आचार्यले जानकारी दिएका छन् ।

दुई दिनको चार स्थानमा संचालित शिविरबाट २ लाख ९२ हजार ५ सय अन्तशुल्क,१ लाख २८ हजार ७ सय ५० आयकर र १ लाख १६ हजार बराबरको ब्यवसाय दर्ता नविकरणबाट संकलन भएको संघले जनाएको छ । कोभिड १९ को महामारीका कारण ब्यवसायिहरुलाई परेको असरका कारण नेपाल सरकारले यसबर्षको साउन मसान्ता सम्म कर बुझाउने ब्यवसायीहरुका लागि आयकरमा ७५ प्रतिशत छुट गरेको संघले जनाएको छ । यसैविच आगामी शुक्रवार र शनिवार गढवामा शिविर संचालन गरि ब्यवसायिहरुलाई सेवा प्रबाह गरिने संघका अध्यक्ष रविलाल आचार्यले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्