सुनको मूल्यको डरलाग्दो ऐतिहासिक रेकर्ड, तोलाको ९९ हजार



काठमाडौं / १५ साउन ।
बिहीबार सुनको मूल्य झन्डै एक लाख पुगेको छ। आज तोलाकै ९९ हजार पुगेर सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ।

बुधबार प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको सुन आज ५ सयले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य बुधबार थियो।

आज चाँदीको मूल्य १२ सय २५ रुपैयाँमा स्थिर छ। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको थियो।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

अघिल्लो दिन अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ५१ अमेरिकी डलरमा कारोबार भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्