थप ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार ८६ पुग्यो



काठमाडौं / १७ साउन ।
नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २० हजार ८६ पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ।

संक्रमितमध्ये १४ हजार ४९२ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता डा. गौतमका अनुसार शनिबारमात्रै ९३ जना निको भएर अस्पतालबाट घर फर्किएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्
सत्य-तथ्य, खोजमुलक तथा नयाँ नयाँ रोचक भिडियोहरुका लागी (Thaha TV) थाहा टिभीलाई सब्स्क्राईब गर्नुहोस् ।