लकडाउनबारे सुझाव लिन प्रधानमन्त्रीद्वारा जनस्वास्थ्य विज्ञलाइ बालुवाटार आह्वान



काठमाडौं / २० साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबारे सल्लाह सुझाव लिन जनस्वास्थ्यविद्लाई बालुवाटार बोलाएका छन्।

मंगलबार बिहान ११ बजे चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, स्वास्थ्य क्षेत्रका संघ संस्थाका प्रतिनिधिलाई बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

एकपछि अर्को गर्दै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रधानमन्त्रीले स्वास्थ्यकर्मीलाई बोलाएर सुझाव लिन लागेका हुन्।

अहिले फेरि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। मृत्यु हुनेको संख्या पनि बढेको छ।

कोरोना संक्रमितको संख्याका आधारमा क्षेत्रगत लकडाउन गर्ने तयारी गरिएको बताइएको छ तर अब लकडाउन भए यसअघिको जस्तो देशैभर लकडाउन नहुने संकेत देखिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्