प्युठानी समाजसेवी मरासिनीले दिए स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिलाई स्वास्थ्य सामाग्री



ओमप्रकाश गुप्ता , भालुवाङ २२ साउन । प्युठानका एक समाजिक अभियान्ताले प्युठान जिल्ला सरुमारानी गाउँपालिका १ मा रहेका स्वास्थ्यकर्मी सुरक्षाकर्मी र जनप्रतिनिधिहरूलाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । 

सरुमारानी गाउँपालिका ३ हन्सपुर निवासी समाजिक अभियान्ता भिमबहादुर मरासिनीले कोरोना भाइरस महामारीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु सुरक्षित रहे मात्र जनताको सेवा र सुरक्षा दिन सक्ने भन्दै सरुमारानी गाउँपालिका वडा नम्बर १ देखि ६ मा रहेका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र जनप्रतिनिधिहरूलाई स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

जस अनुसार वडा नम्बर १ को बाङ्गेसाल हेल्थपोष्ट, वडा अध्यक्ष मुकुन्द शर्मा, वडा नम्बर २ को ददरी स्वास्थ्य इकाई, वडा अध्यक्ष वसन्त जिसी, ३ नम्बर वडाको हन्सपुर हेल्थपोष्ट, वडा अध्यक्ष भिमबहादुर मर्साङ्गी मगर, ४ नम्बर वडाको बड्डाडाँ स्वस्थ्य इकाई , वडा अध्यक्ष चिन्ता सोमै, ५ नम्बर वडामा रहेको जसपुर हेल्थपोष्ट, वडा अध्यक्ष शन्तबहादुर बराल , ६ नम्बर वडामा रहेको किमिचौर स्वास्थ्य इकाईका इन्चार्ज तालबहादुर पुनलाई र ददरी प्रहरी चेक पोस्ट दर्भान, प्रहरी चौकी बड्डाडाँमा समेत १/१ डिब्बा सर्जिकल मास्क, १/१ डिब्बा लुज ग्लोब्स, १/१ लिटर सेनिटाइजर र लाइफ ब्वाइ साबुन ६/६ पिस आफ्नो ब्यक्तिगत तर्फबाट प्रदान गरेका छन् । बर्षादका कारण पहिरो गएको हुँदा बाटो बिग्रीएकाले  ६ नम्बर वडामा जान नसकेकोले स्वास्थ इकाई इन्चार्जलाई गाउँपालिकामा स्वास्थ्य सामाग्री बुझाएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्