जुम्लाको कनकासुन्दरी-८ को पाण्डव गुफा कोटघर स्वास्थ्यचौकी सिल



जुम्ला । कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ स्थित पाण्डव गुफा कोटघर स्वास्थ्यचौकीलाई सिल गरिएको छ ।

कनकासुन्दरी ३ स्थायी घर भएको एक महिलालाई यहाँस्थित कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोरोन सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीलाई सिल गरिएको हो ।

स्वास्थ्यचौकी प्रमुख पद्मा रावतले स्वास्थ्यचौकी र आसपासका क्षेत्र सिल गरिएको र सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिए । सरकारले लकडाउन खुला गरेपछि यहाँ पहिलोपटक कोरोना देखिएको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्