काठमाडौं / २३ साउन।
विश्वभर एक करोड ९२ लाख ५३ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ९२ लाख ५३ हजार सात सय ७७ जना पुगेको छ ।
शुक्रबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७२ हजार २५२ जना संक्रमित भएका छन् ।
यस्तै,शुक्रबार विहानसम्म सात लाख १७ हजार ६ सय ६४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। एकै दिन ६ हजार २६१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।
कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । शुक्रबार बिहानसम्म १ करोड २३ लाख ५५ हजार एक सय ४५ जना निको भएका छन् ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।