२४ घण्टामा ४६४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २२ हजार नाघ्‍यो



काठमाडौँ / २३ साउन।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २२ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार माथि पुगेको हो ।

यो सँगै कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ ।

नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार तीन सय ३० रहेका छन्।

पछिल्लो २४ घण्टामा २२५ डिस्चार्ज भएका छन्।

कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८१४ पुगेको छ।

अहिले क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्