थप ५ जनाको मृत्यु, कोरोनाले मृत्यु हुनेको संख्या ७० पुग्यो



काठमाडौँ / २३ साउन
शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७० पुगेको हो ।

मृत्यु हुनेमा पर्साका मात्रै तीन जना छन्। वीरगञ्ज महानगरपालिका–९ का ४५ वर्षीय पुरुषको २२ साउनमा काठमाडौंमा मृत्यु भएको छ। पाटन अस्पतालमा उपचारत उनको मृत्यु भएको हो।

यस्तै, वीरगञ्ज–११ का ७९ वर्षीय पुरुष र ५९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। ७९ वर्षीय पुरुषको घरमै मृत्यु भएको थियो। स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

सिराहा गोलबजारका २५ वर्षीय पुरुषको धरानमा र सर्लाहकिा ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा आजै मृत्यु भएको छ। यो सबै गरि मृत्यु हुनेको संख्या ७० पुगेको हो।

गौतमका अनुसार यो संक्रमितमध्ये मृतकको प्रतिशत ०.३ प्रतिशत हो । विगतका केही दिनमा मृत्युको दर भने बढ्दै गएकाले सचेत हुन उनले सबैलाई आग्रह गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्