सैघाली खबर,
दाङ, २९ मंसिर – ।दाङको तुल्सीपुर उपमहानगरपालिकाका पातुखोला र भमकेखोलाबाट अवैध रुपमा बालुवा, गिट्टी संकलन गरिरहेका १० ट्याक्टर नियन्त्रणमा लिइएको छ ।
नदीजन्य वस्तु उत्खननका लागि ठेक्का नभएको भमकेखोला र पातुखोलाको तोकिएको क्षेत्रभन्दा बाहिरबाट आएका यि ट्याक्टरले र गिट्टी उत्खनन गरिरहेको अवस्थामा पक्राउ गरिएको डि एस पी प्रकाश सापकोटाले जानकारी दिनुभयो । पक्राउ गरिएकाहरुमाथि थप अनुसन्धान गरी जिल्ला समन्वय समितिमा पठाइने सापकोटाले जानकारी दिनुभयो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।